हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका ७ जना मध्य ५ जनाको सनाखत भएको छ भने २ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा नुवाकोट घर भएका ३३ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ बर्षीय अब्दुल्लाहा मिया ठकुराई, बारा जितपुरका २५ बर्षिय शेख अरमान, मकवानपुरगढी–२ का ४३ वर्षीय मदन बिक र विरगंज ३१ का ४२ वर्षीय हृदय नारायण पंजियार रहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।मृतकको सबै शब हेटौंडा अस्पतालमा रहेको उनले बताए ।
काठमाडौंबाट विरगंजका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस बिहीबार दिउँसो भिमफेदी गाउँपालिका–६ जुरिखेत आरोलोमा दुर्घटना भएको थियो । बस माथिल्लो घुम्तिबाट तल्लो घुम्तीमा खस्दा काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको थियो।
दुर्घटनामा परी घाइते भएका २७ मध्ये २१ पुरुष, ४ महिला र २ बालिका रहेका छन् । उनीहरुमध्ये ४ जना गम्भिर रहेको छ । चारै जनालाई चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकीको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाईतेहरू:–
१) देश भारत सितामणी बस्ने बर्ष अ.-३८ को पप्पु चौधरी (ढाड,हातमा चोट) अवस्थ मध्यम
२) देश भारत दिल्ली बस्ने बर्ष-२७ को सारु खान (बायाँ कोखामा चोट ) अवस्था मध्यम ,
३) देश भारत मोतिहारी बस्ने बर्ष-१५ को सोयल अलि (टाउकोमा चोट) अवस्था मध्यम
४) जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-१२ बस्ने बर्ष अ.२७ को तैया अन्सारी ( टाउको ,दाहिने कुममा चोट ) अवस्था मध्यम
५) जिल्ला पर्सा बिरगंज उ.म.न.पा.-२४ बस्ने बर्ष ३० को सायल मिया अन्सरी ( टाउकोमा चोट ) अवस्था गम्भिर
६) ऐ.ऐ.-२७ बस्ने बर्ष-२७ को सईफुला खातुन (टाउको र अनुहारमा चोट) अवस्था मध्यम ,
७) जि.रौतहट लक्ष्मीनगर गा.पा.-२ बस्ने बर्ष-३० को महमद समिम (बायाँ कुममा भित्री चोट) अवस्था मध्यम
८) जिल्ला बारा कलैया उ.म.न.पा.-१२ बन्दिपुर बस्ने बर्ष अ.२६ को छोटेलाल पासवान( टाउकोमा चोट ) अवस्था मध्यम ।
९) जिल्ला बारा जगनाथपुर बस्ने बर्ष-३५ की आरिसा खातुन (अवस्था गम्भिर )
१०) जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.-३ बस्ने बर्ष अ.२७ की पार्वती चौधरी ( टाउको र पिठ्युमा चोट ) अवस्था मध्यम
११) ऐ.ऐ.बस्ने निजको छोरी बर्ष-२ की सुदिक्षा चौधरी (टाउकोमा चोट) अवस्था मध्यम ।
१२) जिल्ला पर्सा बिरगंज उ.म.न.पा.-२४ रामगढ बस्ने बर्ष २३ को निरुला अन्सारी (बायाँ खुट्टामा चोट ) अवस्था सामन्य
१३) जिल्ला बारा करैयामाई गा.पा.-५ बस्ने बर्ष अ.२३ को धर्मेन्द्र प्र.सापकोटा ( टाउको र शरिरको बिभिन्न भागमा चोट) अवस्था मध्यम
१४) देश भारत मोतिहारी बस्ने बर्ष अ.-३२ को राजकुमार सहनी (ढाडमा चोट) अवस्था सामन्य
१५) ऐ.दिल्ली बस्ने बर्ष-३८ को गोपाल कुमार (छातिमा चोट) अवस्था मध्यम
१६) जिल्ला रौतहट लक्ष्मिनिया न.पा.-२ बस्ने बर्ष-३० को महमद समिम (शरिरको बिभिन्न भागमा चोट) अवस्था मध्यम
१७) जिल्ला पर्सा बिरगंज म.न.पा.-२४ बस्ने बर्ष अ.-२३ को निरज ठाकुर (बायाँ घुडामा चोट) अवस्था मध्यम
१८) ऐ.ऐ.बस्ने बर्ष ह.-२४ को आलम देवन, (सामन्य चोट)
१९) ऐ.ऐ.बर्ष अ.-२५ को मौसम अन्सारी (दुबै खुट्टमा चोट ) अवस्था मध्यम
२०) ऐ.ऐ. बस्ने बर्ष अ.-१७ को आदित्य चौधरी (टाउकोमा चोट) अवस्था मध्यम
२१) सह चालक जिल्ला काभ्रे धुलीखेल न.पा.-११ बस्ने बर्ष अ.-३८ को हरि भुजेल (बायाँ खुट्ट र ढाडमा चोट) अवस्था मध्यम
२२)जिल्ला बारा मुसहर्बा-३ बस्ने बर्ष अ.-३० को मुस्तुजा खाना (बायाँ हात र बायाँ खुट्टमा चोट) अवस्था मध्यम
२३) देश भारत मोतिहारी बस्ने बर्ष-२१ को धिरज ठाकुर अवस्था सामन्य ।
२४) जिल्ला मकवानपुर बकैया गा.पा.-४ छतिवन बस्ने बर्ष-१९ कि संगिता तामाङ(शरिरको बिभिन्न भागमा चोट) अवस्था मध्यम
२५) ऐ.ऐ.बस्ने निजको छोरी अ.बर्ष-२ की बिपना तामाङ ( अवस्था सामन्य)
२६) जि.रौतहट चन्द्रपुर न.पा.४ बस्ने वर्ष १८ को राशि सारिङ-टाउकोमा सामन्य चोट डिस्चार्ज भई गएको ।
२७) देश भारत बस्ने वर्ष ३२ को जय कुमार शर्मा-बाया हात भाचिएको,मध्यम सहकारी अस्पताल हेटौडामा ।