प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा उपमहानगरलाई वालमैत्री घोषणा गरिने

२०७९ भाद्र ७, मंगलबार १४:२६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकालाई आगामि वर्ष २०८० को मंसिरसम्म वालमैत्री घोषणा गरिने भएको छ ।

आइतबार हेटौंडामा कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासन नीतिगत कार्यान्वयका लागि अवलम्बन तथा घोषणाको लागि उमहानगरले सामुहिक प्रतिवद्धता स्वरुप हस्ताक्षर संकलन सुरु गरिएको छ ।

कार्यक्रममा नगर प्रमुख मिनाकुमारी लामाले आगामी वर्षको मंसिर महिनासम्ममा नगरलाई वालमैत्री उपमहानगरपालिका घोषणा गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

उनीसंगै कार्यक्रममा सहभागि उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई नगरका सम्पुर्ण वडाका अध्यक्षहरु, उपमहानगरपालिका शिक्षा, स्वास्थ्य, सामाजिक विकास महाशाखा, बिषयगत संघसंस्था, बिद्यालयका प्रधानाध्यापकहरु लगायत कर्मचारीहरुले उपमहानगरलाई वालमैत्री स्थानिय शासन नीतिगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणाको लागि सामुहिक प्रतिवद्धता सहित हस्ताक्षर गरेका छन् ।