हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१४ स्थित मयूरधाप नयाँबस्तीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–१४ बस्ने ३५ वर्षीय अर्पण रिमाल रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट मयुरधाप मकवानपुरबाट खटिएको प्रहरी टोलीले रिमाललाई ३८ बोतल लागूऔषध ओनरेक्स सहित पक्राउ गरेको हो । चुरीयामाईबाट मयुरधापतर्फ आउदैं गरेको ना. ६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त लागूऔषध, मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।