प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

२०८१ आश्विन १७, बिहीबार ०९:३५ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ का ५५ वर्षीय भद्रबहादुर राई रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार उनी गोठालो जाने क्रममा सोमबार राप्ती खोलाले बगाउँदा बेपत्ता भएका थिए। मनहरी कत्लेखोलास्थित सशस्त्र प्रहरी पोस्टका प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा मनहरीकै मचाङमा घाइते अवस्थामा फेला परेका राईको उपचारको क्रममा मृत्यु भएको हो ।

मनहरी अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा राईको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।