हेटौंडा – नेकपा एमालेको भातृसंगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज कैलाश गाउँ कमिटिको भेला सम्पन्न भएको छ । सो भेलाले ठाकुर कालिराजको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटि गठन भएको हो । सो कमिटिको उपाध्यक्ष कृष्ण बहादुर कालिराज, सचिव रुवेन सुनार, सह—सचिव कोकिन बि.क., कोषाध्यक्ष बिजुलि बि.क. चयन भएका छन् । सो कमिटिको सदस्यहरु जित बहादुर सुनार, दुर्गा बहादुर बि.क.,शकर बि.क., तिलक सुनार,धन बहादुर सुनार,गोबिन्द नेपाली लगायत चयन भएका छन् ।
कार्यक्रममा संविधा सभाका सदस्य सुभाष चन्द्र ठकुरी,नेकपा एमाले बागमती प्रदेश सदस्य तथा मकवानपुरका इन्र्चाज अर्जुन अर्याल,नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा कैलाश इन्चार्ज बच्चुराम ढुंगाना,सह—इन्चार्ज बुद्धि बहादुर मोक्तान,राजकुमार बल, सानुभाई विष्ट, राष्ट्रिय युवा संघ नेपालकी सचिव आरती पाठक, स्थायी कमिटि सदस्य सन्तोश चौलागाई,सचिवालय सदस्य मिलन पाठक र युवा संघ नेपाल मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेति लगायत नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
युवा संघ कैलाश गाउँपालिकाका संयोजक अर्जुन बर्तौलाको सभाध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेशका उपसचिव महेश बर्तौलाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुवेदी,मुक्ति समाज मकवानपुरका सह—सचिव सिताराम सुनार,रिटेर्नी जिल्ला अध्यक्ष कृष्ण घोरासैनी,युवा संघ कैलाशका इन्चार्ज छेकु लामा,खेलकुद महासंघ बागमती प्रदेश सदस्य ओम मुक्तान,मकवानपुरका अध्यक्ष सविन मुक्तान लगायतको आथित्यता रहेको थियो ।