हेटौंडा – मकवानपुरको हेटौडा उपमहानगरपालिका–५ चिसापानी लक्ष्मिनारायण मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ ।
बुधबार विहान स्थानीय राजेश घिमिरेको घरमा डेरा गरी बस्ने देश भारत बिहार लाईन सुगौली घर भएका अन्दाजी ५० वर्षीय भुटि मियाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी आफ्नै डेरा गरी बसेको ढोका बाहिर घोप्टो अवस्थामा मृत फेला परेका थिए । घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।