हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका मकवानपुरले आफ्नो हिरासत कक्षमा पुस्तकालय स्थापना गरेको हो।
पुस्तकालयको आइतबार बागमती प्रदेशकी बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख किरण बज्रचार्यले संयुक्त रुपमा उद्घाटन गरे । अब कार्यालयमा रहेका कैदीबन्दीले पनि पुस्तक पढ्न पाउने भएका छन् ।
थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पु¥याउने उदेश्यले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय उत्घाटनपछि हिरासतमा रहेका थुनुहरुसंग अन्तरक्रिया समेत गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।