प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई वडाध्यक्ष पाण्डेको नगद सहित सम्मान

२०८० श्रावण ५, शुक्रबार १३:४८ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सागर पाण्डेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेका छन् ।

२०७९ सालमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा भीमफेदी गाउँपालिका–४ मा रहेको बाराही माध्यमिक विद्यालयबाट प्रथम हुन सफल छात्रा बुद्धकुमारी दोङ, द्वितीय हुन सफल उज्वल सुवेदी र तृतीय अस्मिता दोङ्गलाई क्रमशः १० हजार, ५/५ हजार नगद सहित सम्मान गरेका हुन् ।

वडाध्यक्ष पाण्डेले शुक्रबार एक कार्यक्रम आयोजना गरी आफुले पाउने एक महिनाको मासिक तलब तथा भत्ता बापतको रकम हस्तान्तरण गरेका हुन् । उनले परीक्षामा सफल भएका अन्य तीस जनालाई मायाको चिनो दिएर सम्मान गरेका थिए ।

पाण्डेले आफुले गरेको सानो सहयोगले आगामी दिनमा विद्यार्थी भाईबहिनीलाई अझ धेरै प्रगती गर्नका लागि हौसला बढ्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि राम्रो पढ्नेहरूलाई साथ सहयोग सहित सम्मान गर्ने जानकारी गराए ।