हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ आँपचौरमा पैदलयात्रीलाई ठक्कर दिएर ट्याक्टर चालक फरार भएका छन् ।
बामगती प्रदेश कार्यालय हेटौंडाका अनुसार हेटौंडाबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले बिहीबार साँझ पैदलयात्री स्थानीय ३५ बर्षीय रामकाजी बि.क.लाई ठक्कर दिएर ट्याक्टर लिएर फरार भएका हुन् ।
ट्याक्टरको ठक्करबाट बि.क. मध्यम घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि काठमाडौतर्फ पठाईएको प्रहरीले जनाएको छ । प्रहरीले फरार ट्याक्टर चालकको खोजीकार्य गरिरहेको छ ।