हेटौंडा – उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य भन्दा बढी मुद्दा फछर्यौट गरेको छ । शुक्रवार हेटौंडा इजलाशले पत्रकारहरुसँग अन्तक्रिया गर्दै लक्ष्य भन्दा बढी मुद्दा फछर्यौट गर्न सफल भएको जानकारी दिएको छ ।
इजलाशले आव २०७८/०७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्य १ हजार १९४ रहेको र फछर्यौट १ हजार २८४ भएको अदालतका रजिष्ट्रार जगदिश प्रसाद भट्टले बताए ।
इजलाशले १ हजार ८ सय २९ लगतमा १ हजार २ सय ८४ मुद्दा फर्छयौट गरेको छ । ५ सय ४५ मुद्दा फछर्यौट हुन बाँकी रहेको इजलाशले जनाएको छ । १८ महिना नाघेको मुद्दा ४ वटा मुद्दा रहेको छ ।
इजलाशले आव २०७६र०७७ मा लगत १०७२ र फछर्यौट ६६४ रहेको थियो भने बाकीँ ४०८ थान मुद्दा रहेको थियो । त्यस्तै, आव २०७७र०७८ मा लगत १४४५ र फछर्यौट ८२६ हुनका साथै ६१९ थान बाकीँ मुद्दा रहेको रजिष्ट्रार भट्टले बताए ।