हेटौंडा – मकवानपुरमा एक युवती आफु सुत्ने कोठामा मृत भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका–१८, दोभानचोरस्थित डेरा गरि बस्ने अन्दाजी २३ वर्षीया निरमाया गोले झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार उनको घर बकैया गाउँपालिका–६, ज्यामिरे हो । उनी कोठाको काठको निदालमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।