प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट २२३ किलो लागूऔषध गाँजासहित दुईजना पक्राउ

२०८१ भाद्र ३०, आईतबार १९:१३ बजे

हेटौंडा – प्रहरीले अवैध लागूऔषधसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट २ जनालाई पक्राउ गरको छ । अवैध लागूऔषध गाँजा २ सय २३ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धादिङ धार्के गाउँपालिका–४ बस्ने ३४ वर्षीय जिबन मगर र सोही गाउँपालिका–६ महादेबबेशी बस्ने ३० वर्षीय प्रदिप क्षेत्री रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा।२१ च ५२२६ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक जिबन र पिकअपमा सवार प्रदिपलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुमाथि मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमती लिएर अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।