फाइनल तस्बिर
हेटौंडा – जिल्ला प्रशासन कार्यालय(जिप्रका) मकवानपुरको अगुवाइमा मंगलबार हेटौंडामा बजार अनुगमन गरिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको संयोजकत्वमा संयुक्त बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं.२ को पाँच वटा पसलमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा विनोद किराना पसलमा विलविजक जारी नगरेको र श्याम स्टोर्समा विलबिजक जारी नगर्नुका साथै मागेको कागजपत्र समेत उपलब्धन नराएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । उनिहरुलाई अनिवार्य विलविजक राख्ने र तोकिएको भन्दा बढी मुल्यमा बस्तु विक्री नगर्न निर्देशन दिनुका साथै जरिवाना समेत गरिएको गैह्रेले जानकारी दिए । उनका अनुसार विनोद किराना पसललाई १० हजार र श्याम स्टोरलाई २० हजार रुपैंया जरिवाना गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघ लगायतका प्रतिनिधिहरुको उपस्थितीमा बजार अनुसगमन गरिएको थियो ।