हेटौंडा – आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा)ले मकवानपुर क्षेत्र नम्बर १ (क) र (ख) प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारको नाम सिफारिस गरेको छ । राप्रपाका केन्द्रिय सदस्य दीपक बहादुर सिंह मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन एकल नाम सिफारिस भएको छ ।
आइतबार भएको पार्टीको जिल्ला कमिटीको भेलाले दीपक बहादुर सिंहलाई सर्वसम्मत मकवानपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउनका लागि सिफारिस गरिएको राप्रपा मकवानपुरका एक नेताले बताए । समानुपातिकतर्फ राम बहादुर थोक्कर, सिताराम बर्तौला, शुक्रराज प्रजा लगायतको नाम सिफारिस भएको बताईएको छ ।
मकवनपुर क्षेत्र नं.१ को प्रदेशसभा (ख) मा राप्रपा बागमती प्रदेशका सचिव गुञ्जन बहादुर न्यौपाने(सारथी) सिफारिस भएका छन् । उनीसंगैकेन्द्रिय सदस्य रामहरी न्यौपाने, जिल्ला उपाध्यक्ष कविन्द्रराज भट्टराई, जिल्ला सह–कोषध्यक्ष सन्दिप कुमार सापकोटा र हेटौंडा नगर अध्यक्ष अरुण लामाको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं.१ कै (क) मा सागर थापा, ऋषिलाल श्रेष्ठ, भरत तिमल्सिना लगायतको नाम सिफरिस भएको छ ।
त्यसैगरी बैठकमा बिवाद हुँदा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं.२, प्रदेश (क) र (ख) को सम्भावित उम्मेदवार सिफारिस हुन नसकेको एक नेताले बताए । यद्दपि पार्टीले नाम सिफारिस गरेको बिषयमा आधिकारी रुपमा भने सार्वजनिक गरेको छैन ।