हेटौंडा – मकवानपुरका शुक्रबार एकैदिन तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अनुसार हेटौंडा उपमहानगरपालिकामा दुई र थाहा नगरपालिकामा एक जना झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
हेटौंडा उपमहानगरपालिका–१, चौकिटोल बस्ने वर्ष ५१ को तुल्सी राम रिमाल आफ्नै घरको सिलिङमा सलको पासो लागाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका–१३, टुटेपानी गौरवटोल बस्ने अन्दाजी बर्ष ३५ कि शान्ति मोक्तान आफ्नै गाईको गोठमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।