प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा १४ मा एमालेका खड्का निर्वाचित

२०७९ जेठ ५, बिहीबार ०२:२७ बजे

हेटौंडा – हेटौंडा उपहानगरपालिका वडा नं.१४ मा नेकपा एमालेका दिपक खड्का भारी मतान्तरले विजयी भएका छन् । उनले गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका ज्ञानेन्‍द्र मुक्तानलाई ६३६ मतले पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

विहिबार विहान सार्वजनिक मतपरिणाम अनुसार खड्काले १ हजार ७८२ मत पाउँदा मुक्तानले १ हजार १४६ मत प्राप्त गरेका छन् । राप्रपाका जानुका दुवाडीले १४ मत ल्याएका छन् ।

त्यस्तै वडा नंं. १४ मा मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । मेयरमा अनन्त पौडेलले १ हजार ६२३ र उपमेयरमा सुमित्रा काफ्लले १७ हजार ८४ मत पाएका छन् ।

हेटौंडा उपहानगरपालिका वडा नं.१४ को (३११०)अन्तिम मत परिणाम
मेयर
सुर्य १६२३
कलम १०४८
हलो १८७

उपमेयर
सुर्य १७८४
रुख १०३४
हलो ७६

वडा अध्यक्ष
सुर्य १७८२
गठबन्धन ११४६
हलो १४