हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.३ डोढेमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ५६ बर्षीय र्कण बहादुर ब्लोन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार ब्लोन गुम्बाबाट लेबर काम गरेर मादक पदार्थ सेवन गरी घर तर्फ फर्किने क्रममा घरबाट अन्दाजी ५० मिटर पश्चिम सडक छेउमा अचानक आफै लडेर मृत्यु भएको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।