प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका मोक्तान र भुलन प्रहरीको फन्दामा

२०७९ बैशाख १८, आईतबार ०६:०४ बजे

हेटौंडा – मकवानपुरका दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३० लालपर्सास्थित ना.३ ख ६३८४ नम्बरको मिनी ट्रकबाट ५३ केजी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिनी ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नं.११ का ४५ वर्षिय पूर्ण बहादुर मोक्तान र सहचालक मकवानपुरगढी गाउँपालिका वडा नं.४ का २६ वर्षिय राज भुलन रहेका छन् । लागुऔषध गाँजा, मिनी ट्रक सहित नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।