प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

राप्रपा मकवानपुरले हेटौंडा उपहानगरमा धर्ना दिने

२०७९ असार २८, मंगलबार ०२:४१ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मकवानपुरले हेटौंडा उपहानगरपालिका कार्यालयमा धर्ना दिने भएको छ । राप्रपा मकवानपुरले रोखेको विभिन्न मागहरु कार्यान्वयन गराउन दबाब स्बरुप यहि असार ३१ गते शान्तिपूर्ण धर्ना दिने भएको हो ।

यसअघि राप्रपा मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई बुझाएको ६ बुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा हेटौंडा–४ मा रहेको विरेन्द्र बिरविक्रम शाहको शालिक मर्मत सम्भार तथा बाटिका ब्यवस्थापन गरी सार्वसाधरणको लागि खुल्ला गरिनुपर्ने, हुप्राचौरमा बन्ने ब्यवसायीक भवन ठेक्का सम्झौताको भवन हेटौंडा अस्पतालमा निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने, हेटौंडा अस्पताललाई ५ सय शैयाको बनाउनु पर्ने, महिला पुरुषमा हुने विभिन्न प्रकारको क्यान्सर जन्य रोगको निःशुल्क परिक्षण गरिनुपर्ने लगायतका माग राखेका थिए ।

यस मागलाई हेटौंडा उपमहानगरले नजरअन्दाज गरे कडा आन्दोलन गर्ने राप्रपा मकवानपुरले चेतावनी दिएको थियो । उक्त मागलाई उपमहानगरले बेवास्ता गरेको कारणकार्यान्वयन गराउन दबाब स्बरुप शान्तिपूर्ण धर्नाको कार्याक्रम आयोजना गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।