मकवानपुर – भिमफेदी गाउँपालिका–२, भैसे चेक पोष्टबाट लागुऔषध सहित एक बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८, देवीथान बस्ने १५ बर्षीय बालक रहेका छन् ।
त्रिभुवन राजपथ सडकखण्ड अनतर्गत पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको ना.८ ख ३५६१ नम्बरको यात्रु बाहक बस सवार बालकलाई लागुऔषध अन्दाजी २० किलो चरेस सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।