हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भई आएका एसपी बामदेव गौतमको लगभग हप्ता दिनदेखि सामाजिक सञ्जालनमा सम्मान तथा उपहार ग्रहण गरेका तस्बिरहरु छ्यापछ्याप्ती सार्वजनिक भएका छन् ।
विगतमा डिएसपी हुँदा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका गौतमको चिनजान नयाँ आउने एसपी भन्दा बढी नै रहेको छ । सौहार्दपुर्ण सम्बन्ध कायम गर्न भन्दा पनि स्वार्थ समुहले फाइदा लिनको लागि उनलाई सम्मान तथा उपहार दिनेको घुँईचो लागेको सर्वसाधरणको बुझाई छ।
एसपी गौतमले आयोजना गरेको पत्रकार भेटघाट कार्याक्रममा यस विषयमा प्रश्न समेत उठेको थियो । उनले भेट्न आउनेहरुलाई अस्वीकार गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए । तस्बिरः सामाजिक सञ्जाल
