प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गृह जिल्लामा साथ पाएपछि अध्यक्ष थापाले भने– ‘म फेरी उठछु, ४७ र ६३ को भन्दा झै बलियो भएर उठछु’

२०७८ चैत्र १७, बिहीबार १३:२५ बजे

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी ४७ र ६३ सालपछिको भन्दा झै बलियो हुने बताए । मकवानपुर जिल्लाका पार्टीका साथी र शुभचिन्तकहरूले देखाएको अविचलित सदभाव र सहयोगप्रति आभार ब्यक्त गर्दै फेसबुकमार्फत यस्तो बताएका हुन् । 

‘मेरो राजनीतिक जीवनको सर्वाधिक पिडादायक घडिमा मकवानपुर जिल्लाका पार्टीका साथी र शुभचिन्तकहरूले देखाउनु भएको अविचलित सदभाव र सहयोग प्रति आभारी छु। पदको लोभले होईन,आफुले प्रतिपादन गरेको बिचार र हजारौ कार्यकर्ताहरुको भविष्य संरक्षण गर्नुपर्ने जिम्मेवारीवोधले नयाँ कदम चाल्न वाध्य भएको हुँ, मलाई राजनीतिकरूपमा समाप्त पार्न चाहने शक्तिकेन्द्रहरूले लोभलालच र भ्रमको आधारमा खडागर्न खोजेको घेरावन्दी कुनै हालतमा सफल हुनेछैन। म फेरी उठछु, ४७ र ६३ सालपछिको भन्दा झै बलियो भएर उठछु ।लोकतन्त्र,हिन्दुराष्ट्र र राष्ट्रियताको चिन्तनमा आधारित "सम्वर्द्धनवाद" को मान्यता स्थापित गर्नेछु,’अध्यक्ष थापाले फेसबुकमा लेखेका छन । 

मंगलबार राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको थियो । राप्रपाका तत्कालिन अध्यक्ष गुरुप्रसाद सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको बारे विज्ञप्ती आएको थियो ।

राप्रपा नेपालमा समाहित भएपछि अध्यक्ष थापाले बुधबार गृह जिल्ला मकवानपुरमा जिल्लास्तरिय घोषणासभा गरेका थिए । जिल्लास्तरिय घोषणासभा मार्फत राप्रपा नेपालका मकवानपुरको अध्यक्षमा गुरु प्रसाद सापकोटा चयन भएका छन् । सभामै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माईनेट र झण्डा हस्तान्त्रण गरेका थिए ।