प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा बसको ठक्करबाट गोलेको मृत्यु

२०७९ कार्तिक ९, बुधबार १२:०३ बजे

हेटौंडा – मदन भण्डारी लोकमार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१७ कठायत चोकमा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ४०र४२ वर्षीय सोम गोले रहेका छन् ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ४ ख ४०२२ नम्बरको बसले ठक्कर दिँदा गोले गम्भिर घाइते भएका थिए । गम्भिर घाईते भएका गोलेको हेटौंडा अस्पतालमा उपचारमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।