हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका– १० प्रकाश होटेल अगाडिबाट लागूऔषध खैरो हेरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ पुरानो मकवानपुर बस्ने ४८ वर्षीय उज्वल मानन्धर र सोही उपमहानगरपालिका–१० राम मन्दिर बस्ने ३६ वर्षीय रंजित आले मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोमबार साँझ उज्वलको साथबाट करिब १ सय मिलीग्राम र रंजितको साथबाट करिब ४० मिलीग्राम खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ । दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।