हेटौंडा – पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटबाट बुधबार साँझ लागुऔषध सहित हेटौंडाका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.४ बस्ने ३४ बर्षीय अजित तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र.२–०२–००४ प ७४९५ नम्बरको स्कुटरलाई रोकेर खानतलासी गरेको थियो । खानतलासी गर्दा तामाङ चडेर आएको स्कुटर सिटमुनी रहेको फल्स सिलिङबाट लागुऔषध ओनिरेक्स ६९ बोत्तल फेला परेको प्रहरीले जनाएको छ ।
स्कुटर र लागुऔषध सहित तामाङलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।