हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.४ मा भीरबाट लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका वडा नं.४ पञ्चमी बस्ने ४१ बर्षीय ईमान सिङ थिङको उपचारको क्रममा सरकारी अस्पताल भरतपुर चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी मंगलबार गाँउबाट घर तर्फ आउदै गर्दा अचानक बाटोमा लडेर थिङ घाईते भएका थिए । उनको सोही दिन उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुरमा लागिएको थियो ।
उनको उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको भएको प्रहरीले जनाएको छ । शव मृतकको आफन्तले बुझिलिएको बताईएको छ ।