प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका स्याङ्तान आफ्नै घरमा मृत भेटिए

२०८० आश्विन १४, आईतबार १२:११ बजे

हेटौंडा – मकवानपुरमा एक पुरुष आफ्नै घरमा मृत भेटिएका छन् ।

ईन्द्रशरोवर गाउँपालिका वडा नं.२ देवटार बस्ने ५३ बर्षीय भिमलाल स्याङ्तान मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उनी आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन् । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।