प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकल दुर्घटना

२०७९ पौष २५, सोमबार १२:१३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानरपालिका–१९ मा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको बसले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा जोगिना खोज्दा बिपरित दिशाबाट जाँदै गरेको ना ६५ प ४२४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने २९ वर्षीय सुमन ठकुरी घाइते भएका छन् । उनको शरिरको बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । बस र बस चालक इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

फाइल तस्वीर