प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा रेविजबाट दुई जनाको मृत्यु

२०८१ श्रावण ३२, शुक्रबार २०:४० बजे

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ साततलेमा रेविजबाट दुई जनाको मृत्यु भएको छ । एक साताको अवधिमा बागमतीका ३२ बर्षिय कमल नेगी र ९ बर्षिय रबिना थोकरको रेविजबाट मृत्यु भएको बागमती गाउँपालिकाका पशुसेवा प्राविधिक राजेन्द्र गोलेले पुष्टि गरे ।

गोलेले दिएको जानकारी अनुसार नेगीलाइ छ महिना अगाडि र थोकरलाई पाँच महिना अघि कुकुरले टोकेको थियो । बागमतीमा कुकुरको टोकाइबाट दुईजनाको मृत्यु भएपछि स्थानीय २६ जनालाई रेविज विरुद्धको खोप लगाइएको छ ।

गत बर्ष मकवानपुरमा रेविजबाट तीन जनाको मृत्यु भएको थियो । मकवानपुरगढीमा एकजना र उत्तरी मकवानपुरको थाहा नगरपालिकामा दुइजनाको मृत्यु भएको थियो ।