हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा हालसम्म १२ हजार ३९२ मत गणना गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकि मिना कुमारी लामाले अग्रता बनाएकी छन् । उनले ३ हजार ७९२ मत सहित अग्रता बनाएकी हुन् ।
लामाको पछिपछि राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह रहेका छन् । उनले ३ हजार ७५५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्त प्रसाद पौडेलले ३ हजार २७२ मत सहित तेस्रो स्थानमा छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं.१ को मतगणना सकिएको छ भने वडा नं.२,३,१८ र १९ को मत गणना जारी छ ।