हेटौंडा – मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानीस्थित ना ४६ प २२७७ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६० वर्षिया मनमायाँ पाख्रिनको मृत्यु भएको हो ।
पाख्रिन मोटरसाइकलको ठक्कबरबाट गम्भिर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा हेटौंडा चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। सोमबार साँझ मोटरसाइकलले पैदलयात्री पाख्रिनलाई ठक्कर दिएको थियो। ठक्कर दिने मोटरसाइकल र चालक निणन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताए ।