प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा आइडलमा 'टप एट' छानिए

२०७९ माघ १९, बिहीबार ११:१८ बजे

हेटौंडा – हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज विहीबार दीपा स्याङ्तान बाहिरेकी छिन् ।

बुधबार ९ जनाबीच भएको गायन प्रतिस्पर्धामा विहीबार स्याङ्तान आइडलबाट बाहिरेकी हुन् ।

निर्णायकको मुल्याकंन, एसएमएस भोटिङ र टिकट अर्धकट्टीबाट गरिएको भोटिङको आधारमा स्याङ्तान आइडलबाट बाहिरेकी हुन् ।

आज स्याङ्तान बाहिरेसँगै विहीबार ८ जनाले आफ्नो प्रस्तुती दिएका छन् ।

जसमा अनिता मोक्तान (१), प्रेमलाल बैठा(२), आवाज सुनार(३), सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५), राजेश दर्नाल(७), सुसन शाही ठकुरी(८), विजय लामा (९) रहेको आइडलका मुख्य निर्णायक विजय कार्कीले बताए ।

गायन पश्चात उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने मुख्य निर्णायक कार्कीले बताए ।

टिकट अर्धकट्टीबाट भोटिङ गर्न साँझ ६ बजे सम्म भोटिङ बक्समा भोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोली शुक्रबार विहान ११ बजे सम्म भोटिङ गर्न सकिने आयोजकले जनाएको छ ।