प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चरेश सहित हेटौंडाबाट दुई जना पक्राउ

२०८१ श्रावण १९, शनिबार ११:१० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चुरिमाईबाट १० किलो २५० ग्राम लागूऔषध चरेश सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी–१ बस्ने बर्ष २६ को हरि गौरब र नवलपरासी पण्डितपुर बनगरिया–१ बस्ने बर्ष ४३ को अनिल भर चौधरी रहेका छन् ।


प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना.६ ख ५८३९ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा गौरब र चौधरीको साथबाट लागु औषध चरेश १० किलो २५० ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चौधरी र हरि गौरवलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।