प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मसिनेमा ओमशान्ति भवन निर्माणमा सहयोगको खोजी

२०८१ जेठ २६, शनिबार १९:५८ बजे

हेटौंडा – मकवानपुरको मनहरी–४ मसिनेमा निर्माणाधीन ब्रम्हकुमारी राजयोग सेवाकेन्द्रको शाखा (उपकेन्द्र) भवन निर्माण कार्य अधुरो भएपछि सहयोगी हातको खोजी भएको छ । भवनको पिलर उठाएर छत ढलान सकिएको भएपनि कोठा, हल निर्माण गर्न सिमेन्टको अभाव भएको हो ।

स्थानीय समाजसेवी शंकर न्यौपानेले भवन निर्माणका लागि सहयोग गरिरहेको र पछिल्लो समयमा गारो लगाउन ईटा उपलब्ध गराएका छन् । करिव ६५ बोरा सिमेन्ट उपलब्ध भए गारो लगाउने र प्लास्टर गर्ने कार्य सम्पन्न हुने ओमशान्तिका अनुयायी स्थानीय रामहरि बिष्टले बताए । भवन निर्माण गर्ने जमिन स्थानीय चन्द्रबहादुर न्यौपानेले उपलब्ध गराएका हुन् । जमिनदेखि भवनसम्म सबै सहयोगी दाताको सहयोगले निर्माण कार्य भइरहेको बताइएको छ ।

तत्काललाई ६५ बोरा सिमेन्ट भए गारो लगाउने र प्लास्टर गर्न सकिने समाजसेवी बिष्टले बताए । बिगतका दिनमा धेरथोर सहयोग गर्नेहरु पनि आर्थिक मन्दीका कारण आफ्नै समस्यामा अलमलिएको अवस्थाले गर्दा निर्माणाधीन भवन पूरा गर्न समस्या भएको स्थानीयले बताएका छन् ।