हेटौंडा – मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बकैयाँ गाउँपालिका वडा नम्बर ५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना हुँदा बकैयाँ ५ श्रीपुर बस्ने २८ वर्षिय श्याम लामाको मृत्यु भएको हो ।
हेटौंडा–धरानचतरा सडकखण्ड अन्तरगत श्रीपुर तर्फ जादै गरेको प्रदेश २ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल आफै भएर सडकको नालीमा खस्दा लामा गम्भीर घाइते भएका थिए । घाइते लामाको उपचारको लागि चुरेहिल अस्पतालमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।