हेटौंडा – कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.८ भर्याङडांडामा ट्रक दुर्घटना भएको छ ।
बारा निजगढबाट काठमाडौंतर्फ जांदै गरेको प्र.१–०२–००१ ख ८१८३ नम्बरको इट्टा लोड भएको ट्रक सोमबार साँझ आफै अनियन्त्रित भएर सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी ट्रक चालक चितवन राप्ति नगरपालिका वडा नं. ११ आपपानी बस्ने ३६ वर्षीय सोनाम रुम्बा घाइते भएका छन् । उनको उपचारको लागी हेटौडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।
प्रतिगात्मक तस्वीर