प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा उपमहानगरपालिकामा करको दर हेरफेर नहुने

२०८१ कार्तिक १, बिहीबार ०८:४० बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको कर विवाद विशेष नगरसभापछि टुंगिएको छ । आगामी वर्ष करको दर पुनरावलोकन हुने संकल्प प्रस्ताव पास भएपछि चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन संशोधन नहुने भएको हो ।

चालु आवको आर्थिक ऐनमा करको दर वृद्धि गरेपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडामा आन्दोलन भएको थियो ।

बुधबार बसेको विशेष नगरसभाको दोस्रो बैठकले चालु आर्थिक वर्षमा करको दर घटबढ नगर्ने निर्णय गरेको हेटौंडा–१ का वडा अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।