हेटौंडा – हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा बस दुर्घटनामा मृत्यु र घाइते भएकाको अवस्था बुझ्न बिहीबार साँझ हेटौंडा अस्पतालमा पुगेका छन् ।
बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलको मोडमा बस बिहीबार बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।
लामाले अस्पताल पुगेर घाइते र मृत्यु भएका ब्यक्तिहरुको बारेमा परिवार तथा अस्पताल प्रशासनसंग जानकारी लिएकी हुन् । मृत्यु भएका मध्ये हेटौंडा अस्पतालमा मात्रै १२ जनाको थियो ।



तस्वीरः प्रहर खबर डटकम