हेटौंडा – नेकपा(एमाले) वाग्मती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । गत कार्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको विनासकारी भूकम्पमा परी जनधन गुमाउन पुगेका नागरिकहरुको सहयोगार्थ रु ५ लाख ७० हजार उपलब्ध गराउँने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।
नेकपा(एमाले) संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधकारहरुका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए । विपतमा परेका नागरिकहरुलाई थोरै भएपनि आआफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुस गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको उनले बताए। वाग्मती पदेश सभामा एमालेका २७ जना सदस्यहरु रहेकाछन् ।