प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

राक्सिराङमा मत गणना सुरु, अध्यक्षमा गठबन्धन अघि, उपाध्यक्षमा पछि

२०७९ बैशाख ३१, शनिबार ०९:०१ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिकामा मत गणना सुरु भएको छ । पछिल्लो समय प्राप्त जानकारी अनुसार राक्सिराङ –१ को एक सय मत गणना हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्लले अग्रता लिएका छन् । उनले ५२ मत पाएक छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बाबु लाल स्याङ्तानले ४४ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी सुन्तली माया चोपाङले ४४ मत सहित अग्रता लिएकी छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी बनस्तम थिङ ३३ मत सहित पछ्याउँदै छिन् ।

त्यसैगरी १ नम्बर वडाको वडाअध्यक्षमा एमालेका बबि राम मोक्तानले ४४ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका सिंह राम ब्लोन ३० र माओवादी केन्द्रका जोममान थिङले २२ मत पाएका छन् ।