प्रहर खबर
 २०८१ बैशाख ७, शुक्रबार    

स्नातक र स्नातकोत्तर तह पढ्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने

२०७९ जेठ १५, आईतबार १२:२७ बजे

काठमाडौं – सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ ।

 आईतबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक विषयमा स्नातक पढ्दै गरेको र अन्य विषयमा स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले अनिवार्य स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने बताए।