प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन

२०८१ जेठ २, बुधबार ०७:१८ बजे

हेटौंडा – ६० औं विद्यार्थी एकता दिवसको अवसरमा अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले क्याम्पस परिसरमा दिप प्रज्वलन गरेको छ ।

अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, बागमति प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, जिल्ला संयोजक भिम पाख्रीन, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तिर्थ बहादुर थापा मगर, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिब रोशन मगर, मकवानपुर कोषाध्यक्ष बुद्धराज अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

२०२२ जेठ १ गते स्वतन्त्र विद्यार्थी युनियन गठन भएको दिनलाई बिभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थी एकता दिवसको रुपमा मनाउने गरिएको छ ।