प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा अचेत अवस्थामा भेटिएका राजकुमारको मृत्यु

२०७९ माघ १५, आईतबार १२:३० बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–२ प्रभाकरपथमा अचेत अवस्थामा फेला परेका एक पुरूषको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–५, चिल्ड्रेन पार्क बस्ने ५५ वर्षीय राजकुमार दमाईको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार राजकुमारलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार विहान हेटौंडा–४ स्थित नेपाल बैंक नजिक सडक छेउमा अचेत अवस्थामा फेला परेका हेटौंडा उपमहानरपालिका–९ पशुपतिनगर बस्ने ४० वर्षीय नवराज लामाको मृत्यु भएको थियो ।