प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा किचिएको अवस्थामा शव भेटियो

२०७९ जेठ २४, मंगलबार ०८:२९ बजे

हेटौंडा – मकवानपुरको मनहरीमा एक व्यक्ति मृत भेटिएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नं.६ स्थित सडकको किनारमा टाउको किचिएको अस्थामा अन्दाजी ५०–५५ बर्षीय पुरुषको मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । ।

मंगलबार बिहान सडक नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत भेटिएका पुरुषको पहिचान खुलेको छैन । सोधपुछको गर्दा उनी मासिक सन्तुलन गुमाएको ब्यक्ति रहेको प्रवक्ता कार्कीले बताए ।

घटनाको प्रकृती हेर्दा ठुलो सवारीले किचेर गएको हुन सक्ने प्रवक्ता कार्कीले बताए । “राति सो स्थानमा ट्रक पार्किङ्ग गरेको भन्ने जानकारी प्राप्त भएको छ । ती ब्यक्ति ट्रकमुनी सुत्न गएको र बिहान त्यही ट्रकले किचेर गएको हुन सक्छ । हामी घटनाको बारेमा अनुसन्धान गर्दैछौँ ।” उनले भने ।