प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ जेठ २१, शनिबार ०८:१८ बजे

हेटौंडा – हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–६ चौघडा घर भएका ३३ बर्षीय गोपाल दाहाल रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा–३ तिनताप्केस्थित अनियन्त्रित भई दुर्घटना हुँदा भएको हो । उक्त बोलेरोका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।