प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको राप्ती खोलाले बगाउँदा एक बालकको मृत्यु

२०७९ भाद्र ९, बिहीबार ०८:०३ बजे

हेटौंडा – हेटौंडास्थित राप्ती खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–५ लट्टीनाथका १५ वर्षीय बालक समर लामा रहेका छन् ।

बुधबार दिउँसो आफ्नै दिदिसंग पौडी खेल्न गएका लामालाई राप्ती खोलाले बगाउँदा ढुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

खोलाले बगाएको बालक लामा घटनास्थल भन्दा करिब ७ सय मिटर तल अचेत अवस्थामा फेला परेको थिए । उनको उपचारको लागि हेटौंडा अस्पताल ल्याईपुर्याउदा डाक्टर मृत घोषणा गरेको प्रवक्ता कार्कीले बताए ।