हेटौंडा – ग्रिन फाउण्डेशन नेपाल (जि एफ एन) ले हेटौंडामा वनमा आधारित उद्यम विकासको लागि हेटौंडामा सरकार र समुदायबिच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । संस्थाले उद्यम विकास संगै सुशासन कायम गर्नुको साथै समुदाय र स्थानिय सरकारबिचको समन्वयात्क सम्बन्ध सुदृढ गर्दै समस्या समाधान गर्नको लागि कार्यक्रमको आयोजना गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वन, वातावरण बिभाग समितिका प्रमुख एबम् १० नम्बर वडा अध्यक्ष फुर्वा लामाले समृद्ध समुदायको लागि स्थानिय उत्पादनलाई जोड दिन उपहमानगर तयार रहेको बताए। उनले उद्यम विकासले स्वरोजगार सृजना गरेको बताउदै उपमहानगरपालिकाले स्थानिय उत्पादन प्रबद्र्धनमा काम गरिरहेको जनाए । यसको साथै सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेशन नेपालले वनमा आधारित उद्यमको जग बसाउनुको साथै यसको दिगो विकासको लागि भुमिका खेलेको समेत उल्लेख गरे ।
डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले अबको आर्थिक उत्पादनको स्रोत भनेको उद्यम भएकोले वनमा आधारित उद्यम विकासले समुदायसंगै सिंगो राज्यको अर्थतन्त्रमा खास भुमिका खेल्ने बताए । उनले नेपालमा अब आफ्नो नीजि वनमा लगाएका काडपातहरु अन्नबालि सरह ओसारपसार गर्न पाउने समेत काननुले बाटो खुलाइदिएको जानकारी दिए ।
यसैगरी कार्यक्रममा उद्यम, पर्यटन र सहकारी महाशाखा प्रमुख हिमशर्मा पौडेलले उद्यम गर्छु भनेर अठोट गर्ने समुहलाई उपमहानगरपालिकाले तालिम र बिउपुँजि समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले तालिम लिनको लागि मात्र तालिम लिने नभएर उद्यमी बन्नको लागि तालिम लिएमा उपमहानगरपालिकामा बजेटको समस्या नभएको बताए ।
कार्यक्रममा बोल्दै ग्रिन फाउन्डेन नेपालकी कोषाध्यक्ष आरती पाठकले संस्थाको उदेश्य नै कषि र वनमा आधारित उद्यम विकास गर्ने, उद्यमीहरुको दिगो ब्यबसथापनको लागि सरकार र समुदायबिच पुलको काम गर्ने, बजारिकरणको लागि तालिमहरु उपलब्ध गराउने र स्थानिय उत्पादनलाई बजार सम्म लैजान प्रोत्साहन गर्ने रहेको जानकारी दिइन्। यसको साथै सरकारको तर्फबाट उद्यमविकासको लागि बजेट बिनियोजनको लागि पहल गरिदिने समेत जनाइन् ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।