प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडा ६ को वडाअध्यक्षमा कांग्रेस विजयी

२०७९ जेठ ४, बुधबार १०:१२ बजे

हेटौंडा – हेटौंडा उपहानगरपालिका वडा नं.६ मा नेपाली कांग्रेसका विष्‍णु बहादुर दाहाल विजयी भएका छन् । उनले नेकपा एमालेका विश्वराज राईलाई ३३ मतान्तरले पराजित गरेका हुन् ।

बुधबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार दाहालले १ हजार १८१ मत पाउँदा राईले १ हजार १४८ मत प्राप्त गरेका छन् । राप्रपाका केदार राईले ७५७ र नेकपा माओवादी केन्द्रका राजु गुरुङले २३९ मत ल्याएका छन् ।

त्यस्तै वडासदस्यमा भने एमालेका तीन वटा जितेको छ भने बाँकी एक कांग्रेसले जितेको छ । एमालेबाट खुल्लातर्फ लेखराज ढकाल, महिलातर्फ सरिता सापकोटा र दलित महिलातर्फ मुना विश्‍वकर्मा निर्वाचित हुँदा कांग्रेसका विजय पौडेल निर्वाचित भएका छन् ।