प्रहर खबर
 २०८१ जेठ ८, मंगलबार    

मकवानपुरमा बसलाई ओभरट्याक गर्न खोज्दा मोटरसाइकल ट्रकसंग ठोक्कियो

२०८१ बैशाख २८, शुक्रबार १९:५८ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ ज्यामिरेमा बसलाई ओभरट्याक गर्न खोज्दा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका–८ बस्ने बर्ष २० को अविन गुरुङ र मोटरसाइकलको पछाडि सवार बर्ष १८ को राजुराम रुम्बा रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बिहीबार पुर्वपश्चिम सडकखण्डमा सीमपानीबाट भलादमी चोक तर्फ जादै गरेको बा.प्र.०३–००५ प ३९७ नम्बरको मोटरसाइकलले ना ७ ख २३० नम्बरको बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भएर हेटौंडाबाट चितवनतर्फ आउदै गरेको ना ६ त १०४२ नम्बरको
ट्रकको चक्कामा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको चितवनस्थित मनकामाना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।