प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडाको मतगणना अपडेटः एमालेका पौडेल एक मतले अघि

२०७९ बैशाख ३१, शनिबार १६:५५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार उपमहानगरपालिको ३ हजार ७६ मत गणना भएको छ ।

मेयरमा नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेलले ९२३ मत सहित अग्रता लिएका छन् । गठबन्धनबाट एकिकृत समाजवादीकी मिना लामा एक मतले पछि छिन् । उनले ९२२ मत प्राप्त गरेकी छिन् ।अर्का उम्मेदवार राप्रपाबाट दिपक सिंहले ८३९ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका राजेश बाँनीयाले १ हजार ३५०,एमालेकी सुमित्रा काफ्लेले १ हजार ९६ र राप्रपाकी इन्दीरा न्यौपानेले २३३मत ल्याएकी छन् ।